तीनपानेमा तरकारी संकलन केन्द्र निर्माण गर्ने • Image Khabar Image Khabar


तीनपानेमा तरकारी संकलन केन्द्र निर्माण गर्ने


Imagekhabar
१० असार २०७७, बुधबार १६:५९

तीनपानेमा तरकारी संकलन केन्द्र निर्माण गर्ने

ललितपुर, असार १० । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराउनुभयो ।

गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।

गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ सङ्घीय सरकारबाट रु. सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट रु. १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु. दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

यसैगरी सङ्घीय सरकारको राजश्व बाडफाँटबाट रु. पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु. एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु. पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु. ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्