Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


डेनमार्कमा १५ वर्षपछि १९७४ एडी गुञ्जियो


130
Shares

एजेन्सी। डेनमार्कमा १५ वर्षपछि १९७४ एडीले कन्सर्ट गरेको छ ।

१९७४ एडीले यसअघि २०११ मा कन्सर्ट गरेको थियो । डेढ दशकपछि कन्सर्टमा पुग्दा नेपाली भाषाप्रतिको प्रेम अझै उस्तै पाएको ब्यान्डका म्यानेजर अनुज कार्कीले बताएका छन् । २०११ मा कन्सर्ट गर्न आएको थिएँ । पहिले र अहिले धेरै परिवर्तन भए पनि नेपाली भाषा र कलाप्रतिको प्रेम भने अझै उस्तै रहेकाे उनकाे भनाइ थियाे।

त्यस्तै, ब्यान्डले पहिलो पटक फ्रान्समा कन्सर्ट गरेको सदस्य मनोज सिंहले बताएका छन् । ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले विदेशमा रहेका नेपालीलाई संगीतमार्फत विभिन्न सहरमा जोड्दै आफ्ना गीत सुनाउन पाउँदा गर्व लागेको बताएका हुन्।

आइ पपर्सुको सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिँदै आएकाे छ। हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका हुन्।