Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँद्वारा नयाँ सरकार गठन गर्न राजनीतिक दललाई आह्वान


117
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि राजनीतिक दललाई आह्वान गर्नुभएकाे छ।

मुख्यमन्त्री शाहले बिहीबार साँझ पदबाट राजीनामा दिनुभएकाे थियाे। प्रदेश प्रमुख मियाँले उहाँको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दावी पेश गर्न आह्वान गर्नुभएकाे हाे ।

सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको छ । अब नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको ३ बुँदे सहमति अनुसार नेकपा नेतृत्वमा सरकार बनाउने तयारी भएकाे हाे। नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने चर्चा रहेकाे छ ।