
बारा, असार १० । बाराका १६ स्थानीय तहमध्ये केही पालिकामा विवाद भएका कारण नगरसभा स्थगित भएको छ ।
बुधबार (आज) स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि वडागत र नगरस्तरीय बजेटमा विवाद भएपछि केही पालिकाको सभा स्थगित भएको हो ।
प्रदेशकै सम्पन्न जीतपुरसिमरा उपमहानगरपालिका, कोहल्बी नगरपालिका, बारागढी गाउँपालिकाको सभा अनिश्चित बनेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिमा वडास्तरीय बजेट ‘सिलिङ’ नतोकिएपछि र मेयर कृष्ण पौडेलले चासो नदिएको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।
पूर्वतयारी र बजेट बाँडफाँटमा विवाद हुँदा नगरसभा तोकिएकै समयमा हुन सकेको छैन ।
नगरस्तरीय बजेटमा आर्थिक अनियमितता, प्रमुख र उपप्रमुखले आफ्ना मान्छेलाई काम दिने विषयमा विवाद बढ्दै गएपछि सभा अनिश्चित भएको हो ।
प्रतिक्रिया दिनुहोस्