एमसीसी बिरुद्ध माइतीघरमा प्रदर्शन • Image Khabar Image Khabar


एमसीसी बिरुद्ध माइतीघरमा प्रदर्शन


Imagekhabar
९ असार २०७७, मंगलवार १८:५८

एमसीसी बिरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं, असार ९ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा माइतीघरमा मंगलबार पनि प्रदर्शन भएको छ ।

दुई समूहले छुट्टाछुट्टै समूहले गरेको प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी सहितका ११ दल र स्वतन्त्र नारीको समूहका कार्यकर्ताहरु रहेका थिए ।

आफूहरुको माग पूरा नभएसम्म प्रदर्शन जारी नै राख्ने पनि उनीहरुले बताएका छन् ।

यसैबीच स्वतन्त्र नारी नामको समूहले पनि प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा बालबालिका समेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्