दशरथचन्द नगरपालिका बुधबारदेखि ‘सिल’ • Image Khabar Image Khabar


दशरथचन्द नगरपालिका बुधबारदेखि ‘सिल’


Imagekhabar
९ असार २०७७, मंगलवार १८:४१

दशरथचन्द नगरपालिका बुधबारदेखि ‘सिल’

बैतडी, असार ९ । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्र बुधबारदेखि सिल गरिने भएको छ ।

नगरपालिकामा कोरोना संक्रमित बढ्दै जान थालेपछि नगरपालिकालाई सिल गर्न लागिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै भोलीदेखि असार १६ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मंगलबारएक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सबै बन्द हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्