 
	    इलाम । इलाममा उत्पादन हुने ४० प्रकारका जडिबुटी प्रशोधन गर्न एक नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।
उत्पादन भएको जडिबुटी भारत र चीन निकासी हुने गरेपनि मूल्य अत्याधिक कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गर्न लागिएकोे हो ।
किसानले उत्पादन गरेको जडिबुटीको प्रशोधन गर्न इलामको माईजोगमाई गाउँपालिका २ मा जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने लागिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
माईजोगमाई गाउँपालिका २ स्थित छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिने भएको हो ।
प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सासंद खिनु लङ्वा लिम्बुसहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्