
एजेन्सी, असार ८ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरानाभन्दा विश्व राजनीतिमा देखिएको विश्वस्तरीय नेतृत्वको खडेरी अहिलेको सबैभन्दा ठूलो चुनौती भएको जनाएको छ ।
कोरोना भाइरससँग लड्न विश्वस्तरीय क्षमताको नेृतत्वको कमी नै अहिलेको चुनौती बनेको भन्दै डब्लूएचओले विश्व नेताहरुलाई चेतावनी दिएको हो ।
डब्लूएचओका प्रमुख टेड्रोस एडहानम गीब्रिएससले एउटा भर्चुअल हेल्थ फोरमलाई सम्बोधन गर्दै भने, ‘संसारका लागि यस बेला सबैभन्दा बढी जरुरी राष्ट्रिय एकता र वैश्विक ऐक्यवद्धता रहेको छ । यस महामारीको राजनीतिकरणले परिस्थिति झनै बिगारेको छ ।’
उनले अगाडी थपे, ‘यस बेला हाम्रा अगाडी सबैभन्दा बढी खतरा भाइरस नभई वैश्विक ऐक्यवद्धता र वैश्विक नेतृत्वको कमी नै हो ।’
कोभिड १९ महामारी अझै बढिरहेको र यसको असर दशकौंसम्म रहने उनको चेतावनी थियो । कोरोनाकै कारण संसारमा ४ लाख ७१ हजार मानिस मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या करिब ९१ लाख पुगेको छ ।
सबैभन्दा बढी अमेरिकामा १ लाख २२ हजार मानिसको मृत्यु हुँदा २३ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्