
सरिता गिरी । फाइल तस्वीर ।
	    काठमाडौं, असार ८ । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको नेता नवराज सुवेदीले जानकारी दिए ।
पार्टी निर्णयविपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् ।
सो संशोधनको सूचना फिर्ता लिन पार्टीको संसदीय दलले निर्देशन दिएपनि विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक नै बहिस्कार गरेर निस्किएकी थिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्