३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


लाजैमर्दो ! जब पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दैको भर्चुअल मिटिङमा भयो पोर्न भिडियो प्ले


0
Shares

काठमाडौं, असार ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई संलग्न भर्चुअल बैठकमा लाजमर्दो घटना भएको छ ।

नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजित ‘जुम एप’ भर्चुअल बैठकमा भएको घटनालाई सबैलाई लाजमर्दो बनाइदिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका भट्टराईले उक्त बैठकमा सम्बोधन गर्न थालेपछि एक्कासी (अश्लिल) पोर्न भिडियो बज्दा परिस्थिति अन्योलपूर्ण भएको थियो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको बताइएको छ ।

लकडाउनको कारण सामाजिक दूरी कायम गर्न हिजोआज प्रविधिको प्रयोग गरेर बैठकहरु आयोजना भइरहेका छन् । पछिल्लो पटक जुम नामक एप यस कामका लागि खुबै प्रयोगमा आउने गरेको छ । तर यो एपमा छलफल चलिरहँदा लाजैमर्दा घटनाहरु दोहोरिन थालेका छन् । यसअघि नेपालमै र नेपालबाहिर पनि यस्ता घटना भएको सार्वजनिक भइरहेका छन् । यस्तो काम ह्याकरहरुबाट हुने गरेको बताइएको छ ।

अश्लिल भिडियो प्ले भएपछि तत्कालै एडमिनले भिडियो काटेका थिए । उक्त समयमा पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन क्षेत्रमा भएको समस्याबारे आफ्ना धारणा राखिरहेका थिए ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।