२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


क्वारेन्टिनमा रहेका एक युवाले गरे आत्महत्या


0
Shares

बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका स्थित मजकुरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाले आत्महत्या गरेका छन् ।

सोही गाउँपालिकाका ३२ वर्षिय रमेश धामीले गएराति सुरक्षा घेराकालागि राखिएको डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।

उनी शनिबार भारतबाट फर्किएर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएको छबिसपाथीभेरा गाउँपालिकाका वडाध्यक्ष पदमबहादुर मन्डेलले जानकारी दिए ।