३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


समुन्द्रको पिँधको नक्शा तयार पारिँदै, पाँच भागको एक भाग सर्वे सकियो


13
Shares

एजेन्सी, असार ७ । समुन्द्रको तल्लो सतह (पिँध) को पूर्ण नक्शा बनाउन जुटेकाहरुले अहिलेसम्म पाँच भागको एक भाग समुद्री क्षेत्रको सर्वे सकाइएको दाबी गरेका छन् ।

निपो फाउन्डेशन–जिइबिसिओ सिबेड २०३० प्रोजेक्ट अन्तर्गत सम्पूर्ण समुन्द्र सतहको नक्शा तयार पारिँदै छ ।

सन् २०१७ मा यो अभियान थाल्दा आधुनिक गुणस्तर अनुरुप जम्मा ६ प्रतिशत समुन्द्री पिँधको सर्वे भएको जनाइएको थियो । हाल यो तथ्यांक १९ प्रतिशतमा पुगेको हो । सन् २०१९ मा १४.५ मिलियन स्क्वायर किलोमिटर समुन्द्री पिँधको क्षेत्रफलको तथ्यांक समावेश गरिएको छ ।

अझै पनि पाँच मध्ये चार भाग समुन्द्री पिँधको आधुनिक सर्वे हुन बाँकी रहेको वैज्ञानिकहरुले जनाएका छन् । ८१ प्रतिशत क्षेत्रफल अझै पनि सर्वे गर्न बाँकी रहेको परियोजना निर्देशक जेमी म्याकमाइकल–फिलिप्सले बताएको बीबीसीले जनाएको छ ।