कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठकले के–के निर्णय गर्‍यो ? • Image Khabar Image Khabar


कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठकले के–के निर्णय गर्‍यो ?


Imagekhabar
५ चैत्र २०७२, शुक्रबार १२:५९

कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठकले के–के निर्णय गर्‍यो ?

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा रमेश रिजाल, गुरुराज घिमिरे र सुरेन्द्रराज पाण्डे रहेका छन् ।

यस्तै, बैठकले भ्रातृ संगठनहरुको लामो समयदेखि हुन नसकेको अधिवेशनहरु आगामी ९ महिनाभित्र सक्नेगरी कार्यतालिका पनि बनाएको छ ।

भूकम्पपछिको पुनःनिमार्णको गति अत्यन्तै सुस्त भएको भन्दै कांग्रेस बैठकले सरकारको आलोचना गरेको छ ।

जनतालाई दुःख नहुने गरी गाउँ–गाउँमै राहत रकम पुर्‍याउन पनि माग गरिएको छ ।

नाकाबन्दीको बहानामा सुरु भएको कालोबजारीलाई सरकारले नै संरग्क्षण दिएको आरोप लगाउँदै कांग्रेसले तत्काल आपूर्ति व्यवस्था सहज बनाइ कालोबजारी नियन्त्रण गर्न माग गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टी सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयतामा रामचन्द्र पौडल, पदाधिकारीहरु र त्यसपछि निवर्तमान पदाधिकारीहरु रहने गरी मर्यादाक्रम टुंग्याएको छ ।

प्रतिक्रिया दिनुहोस्