राजकुमार ह्यारीलाई नेपाली सेनाको खुकुरी उपहार • Image Khabar Image Khabar


राजकुमार ह्यारीलाई नेपाली सेनाको खुकुरी उपहार


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०३:४७

राजकुमार ह्यारीलाई नेपाली सेनाको खुकुरी उपहार

काठमाडौं, चैत १० । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई नेपाली सेनाले सम्झना स्वरुप खुकुरी उपहार दिएको छ ।

पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौ फर्किएका ह्यारीलाई बिमानस्थलमा स्वागत गर्न पुगेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सम्झना स्वरुप खुुकुरी प्रदान गरेका हुन् । खुकुरी ग्रहण गर्दै ह्यारीले आफ्नो भ्रमणका बेला नेपाली सेनाले पुर्‍याएको सहयोगका लागि धन्यबाद दिए ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायती महारानीका प्रतिनिधिका रुपमा उनी नेपाल आएका हुन् ।

राजकुमार ह्यारीले आज काठमाडौंमा हुने बालिका सम्मेलनको राष्ट्रपति विद्या भण्डारीसँगै उद्घाटन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्