ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक • Image Khabar Image Khabar


ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक


Imagekhabar
१० चैत्र २०७२, बुधबार ०३:४८

ब्रसेल्स आक्रमणकारीको फोटो सार्वजनिक

काठमाडौं, चैत १० । बेल्जियम सरकारले ब्रसेल्स आक्रमणमा संलग्न तीनजना संदिग्धको तस्विर सार्वजनिक गरेको छ ।

ब्रसेल्सको जैवेनटेम विमानस्थलमा रहेको सीसीटीभीमा कैद गरिएको दृश्यमा एकै साथ देखिएका तीनजना युवाको तस्विर सार्वजनिक गरिएको हो ।

तस्वीरमा कालो पहिरनमा दुई जना र एक जना सेतो पहिरनमा रहेको देखाइएको छ । ती मध्ये सेतो पहिरनका युवा भने फरार छन् । यसैबीच ब्रसेल्समा सुरक्षा ब्यवस्था कडा तुल्याई संदिग्धहरुको ब्यापक खोजी जारी राखिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्