
रुसुवा, चैत १० । रसुवाको उत्तरी क्षेत्रमा बुधबार बिहान चलेको भीषण हावाहुरीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
बिहान ७ बजेदेखि चलेको हावाहुरीका कारण सदरमुकामलगायत रसुवाको उत्तरी भेगका धुन्चे, हाकु, स्याफ्रु, बृद्धिम, गोल्जुङ, गतलाङ, चिलिमे टिमुरेलगायतमा जनजीवन प्रभावित बनाएको हो ।
विशेषगरी भूकम्पबाट पीडित बनेका र अस्थायी टहरामा बस्दै गरेका ८० घर–परिवारको जनजीवन प्रभावित बनेको हो ।
हावाहुरीले भूकम्पपीडितिका टहरा, खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, रेन्बो ट्राउट तथा मत्स्य अनुसन्धान केन्द्रलगायतका कार्यालयहरुमा पनि क्षति पुर्याएको छ ।
यस्तै, विद्यालयमा सन्चालन भएको स्याफ्रुबेसीस्थित स्यामेवाङफेल उच्चमावि, तथा कोमिन प्रावि, ग्रे निमाविलगायतका विद्यालयहरुका अस्थायी सिकाइ केन्द्र र छात्राबासको छाना पनि हुरीले उडाएको छ ।
यसैगरी, जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीका लागि कृषकलाई वितरण गरेको २ सयओटा प्लास्टिक टनेल पनि हुरीले उडाइदिएको छ ।
प्रतिक्रिया दिनुहोस्