५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


१२ वर्षे तान्त्रिक अष्टमात्रिका नाच सम्पन्न (भिडियो)


0
Shares

काठमाडौं, चैत १० । काठमाडौंको हनुमानढोका दरबार परिसरमा कीर्तिपुरको १२ वर्षे तान्त्रिक अष्टमात्रिका नाच सम्पन्न भएको छ ।

घन्टाकर्ण पर्वको दिन कीर्तिपुरमा सुरु भएको नाच बुधबार हनुमानढोका परिसरमा नचाएर सम्पन्न गरिएको हो ।

मंगलबार मध्यरातमा सुरु भएको नाचमा सिम्वा, धुम्वा, भैरब, बाराही, वैष्णवी, इन्द्रयणी, गणेश, ब्रम्हायमी, गंगा र कुमारी सहभागी रहेका थिए ।

कीर्तिपुरको सात गाउँका बनमाली जातिले तन्त्रसाधना गरी सो तान्त्रिक नाच काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा नचाउने गरिन्छ । तान्त्रिक नाचमा पञ्चवलिसमेत दिने गरिन्छ ।

प्रत्येक १२ वर्षमा हुने यो नाच बाघभैरव, माली, गुठीका सदस्यहरुले आयोजना गर्दछन् ।

भिडियो हेर्नुहोस्ः