
रविन भट्टराई
ताप्लेजुङ, चैत १० । ताप्लेजुङ नगरपालिका–२ केनिमस्थित सल्लेरी जंगलमा लागेको आगो नजिकै रहेको बस्तीमा सल्कँदा दुई घर जलेर नस्ट भएका छन् ।
बुधबार दिउँसो करिब १ बजे बारीमा झारपात डढाउनेक्रममा अनियन्त्रित भइ जंगलमा पुगेको आगो बस्तीमा पस्दा चन्द्रकला मुखियाका दुईओटा घर जलेर नस्ट भएका हुन् ।
आगलागीबाट घरमा रहेको अन्नपात, लुगाफाटो, गरगहना तथा भाँडाकुँडा पनि नस्ट भएको जनाइएको छ । क्षतिको एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको कन्चनजंघा गुल्मबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए । दमकल भने दिउँसो साढे ४ बजेमात्रै पुगेको थियो ।
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस्