प्रधानमन्त्रीको चीन भ्रमणबाट उत्साहित हुनुपर्ने कारण छैन : यादव • Image Khabar Image Khabar


प्रधानमन्त्रीको चीन भ्रमणबाट उत्साहित हुनुपर्ने कारण छैन : यादव


Imagekhabar
१२ चैत्र २०७२, शुक्रबार ०७:५४

प्रधानमन्त्रीको चीन भ्रमणबाट उत्साहित हुनुपर्ने कारण छैन : यादव

काठमाडौं, चैत १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट उत्साहित हुनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

रिपोर्टर्स क्लबले आज राजधानीमा गरेको साक्षात्कारमा अध्यक्ष यादवले भारतको भ्रमणबाट हतोत्साही र चीनको भ्रमणबाट उत्साहित हुनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

प्रधानमन्त्रीको चीन भ्रमणबाट धेरै उपलब्धि भयो भनेर हल्ला पिटाउनुको अर्थ नभएको भन्दै उनले चीनसँग गरिएको भनिएका सम्झौता पुरानै भएको दाबी गरे ।

अध्यक्ष यादवले ठूला दलले जबर्जस्ती लादेको संविधान नेपाली जनतालाई स्वीकार्य नभएको बताए । उनले मधेशले अस्वीकार गरेको संविधान कार्यान्वयन हुनै नसक्ने जिकीरसमेत गरे ।

मधेस केन्द्रीत दलको आन्दोलन जारी रहेको भन्दै उनले आन्दोलनलाई सशक्त बनाउनको विषयमा छलफल जारी रहेको जानकारी दिए ।

संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अभियान चलाउने उपप्रधानमन्त्री कमल थापासँग संविधान, लोकतन्त्र र विधीको शासनको पक्षमा बोल्ने हैसियत नभएको बताए । उनले कमल थापाले संघीयता, लोकतान्त्रिक गणतन्त्रको नेतृत्व कुनै पनि हालतमा गर्न नसक्ने ठोकुवा गरे ।

उनले भने, ‘संविधानको सपथ खाएका मन्त्रीहरु संविधानको विरोधमा बोलिरहेका छन् । यो सरकारले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको धारातल कमजोर पार्न लागेको छ भन्ने आशंका उत्पन्न हुन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्