अर्जेन्टिनाले चिलीलाई हरायो • Image Khabar Image Khabar


अर्जेन्टिनाले चिलीलाई हरायो


Imagekhabar
१२ चैत्र २०७२, शुक्रबार ०८:२५

अर्जेन्टिनाले चिलीलाई हरायो

काठमाडौं, चैत १२ । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलअन्तर्गत् छनोट चरणका खेलमा अर्जेन्टिना र कोलम्बिया विजयी भएका छन् ।

शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो ।

यसैगरी, कोलम्बियाले बोलिभियालाई ३–२ ले हराउँदा इक्वेडर र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।

विश्वकप फुटबल छनोटको दक्षिण अमेरिकी समूहमा अहिलेसम्म ५ खेलबाट १३ अंक जोडेको इक्वेडर शीर्ष स्थानमा छ ।

एक खेल कम खेलेको उरुग्वे ९ अंकसहित दोस्रो स्थानमा छ भने ८÷८ अंक जोडेका पाराग्वे र अर्जेन्टिना क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौ स्थानको ब्राजिलको ७ अंक छ ।

यता, एसियाली समूहको छनोट खेलहरुमा दावेदार टोलीहरु अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, इरान, साउदी अरबिया, जोर्डन, चीन, कतार, युएई, ओमन, सिरिया, भियतनाम, उज्वेकिस्तान र बहराइन विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्