जटिलता छिट्टै अन्त्य : दाहाल, दाहालको विरोध गर्दा १० जना पक्राउ • Image Khabar Image Khabar


जटिलता छिट्टै अन्त्य : दाहाल, दाहालको विरोध गर्दा १० जना पक्राउ


Imagekhabar
१२ चैत्र २०७२, शुक्रबार १२:२७

जटिलता छिट्टै अन्त्य : दाहाल, दाहालको विरोध गर्दा १० जना पक्राउ

वीरगन्ज, चैत १२ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा देखिएको जटिलता छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।

व्यापार मेला उद्घाटनका लागि शुक्रबार वीरगन्ज आएका दहालले प्रधानमन्त्री केपी ओली चीनबाट फर्किएलगत्तै मधेसी दलहरुको असन्तुष्टि सम्बोधनको प्रयास गरिने बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक र सफल भएको पनि बताए ।

दाहाल आउने भएपछि वीरगन्जमा शुक्रबार बिहाननैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले ठाउँ–ठाउँमा टायर बालेर दाहालको विरोधमा नाराबाजी गरे । त्यसक्रममा प्रहरीले मोर्चाका १० जना कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्