
काठमाडौं, चैत १३ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्य चयनका लागि यही चैत २० गते हुने निर्वाचनमा उम्मेदवारी दिएका कानुन व्यवसायीले आ–आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् ।
रिपोर्टर्स् क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा बारको अध्यक्षका प्रत्यासी अधिवक्ता शेरबहादुर केसीले विधिको शासन र मानवअधिकारका लागि सक्रिय बार निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताए ।
उनले विधिको शासन स्थापना गर्न, कुनैपनि सरकारी दबाबबाट न्यायालयलाई अलग राख्न र संविधान कार्यान्वयनको चुनौतीलाई मार्गप्रशस्त गर्न आफूले प्रयास गर्ने बताए ।
अध्यक्षका अर्का प्रत्यासी अधिवक्ता विजयकान्त मैनालीले न्यायालयमा हुने भनिएको भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
उनले मुलुकका समस्या समाधान गर्न बारले मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्ने भएकाले आफूले त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा कानुन व्यवसायीहरुले कानुनमाथि जनताको विश्वास घट्दै गएकाले न्यायपालिकाको शाखलाई बचाउनु बारको आगामी नेतृत्वको चुनौती हुने बताए ।
प्रतिक्रिया दिनुहोस्