१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सरकार परिवर्तनको खेलमा नलागौं : दाहाल


0
Shares

तनहुँ, चैत १३ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख राजनीतिक शक्तिहरुबीचको सहकार्यबाट मात्र संविधानको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ तनहुँले शनिबार दमौलीमा गरेको पत्रकार भेटघाटमा उनले दलहरुबीचको एकताबाटै मुलुकमा रहेका समस्या समाधानको प्रयास थालिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यसक्रममा भएका सम्झौताले नेपालको आर्थिक विकासका लागि प्रशस्त सम्भावना भित्र्याएको उनको भनाइ थियो ।

दाहालले संविधानको कार्यान्वयन, भूकम्प र नाकाबन्दीपछिको पुनःनिर्माण अभियानलाई अगाडि बढाउन सरकार परिवर्तनको खेलमा नलागी राष्ट्रिय एकताकासाथ दलहरु अगाडि बढ्नुपर्ने पनि बताए ।