न्यूजिल्यान्ड समूहमा अपराजित, बंगलादेशको लज्जास्पद हार • Image Khabar Image Khabar


न्यूजिल्यान्ड समूहमा अपराजित, बंगलादेशको लज्जास्पद हार


Imagekhabar
१३ चैत्र २०७२, शनिबार १३:०९

न्यूजिल्यान्ड समूहमा अपराजित, बंगलादेशको लज्जास्पद हार

काठमाडौं, चैत १३ । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटमा न्यूजिल्यान्डको आकर्षक प्रदर्शन कायमै छ ।

एक खेलअघि नै सेमिफाइनलमा पुगेको न्यूजिल्यान्डले समूहको अन्तिम खेलमा शनिबार बंगलादेशविरुद्ध पनि शानदार प्रदर्शन गर्दै ७५ रनको जित हासिल गर्‍यो ।

कोलकातामा भएको खेलमा १ सय ४६ रनको चुनौती पछ्याएको बंगलादेशले १५ ओभर ४ बलमै सबै विकेट गुमाएर ७० रनमात्र जोड्न सक्यो ।

अपराजित रहँदै टिमलाई समूह विजेता बनाउँदै सेमिफाइनलमा पुर्‍याउनेक्रममा इश सोधी र ग्रान्ट इलियटले समान ३–३ विकेट लिए ।

यसअघि, न्यूजिल्यान्डले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

बंगलादेशका मुस्ताफिजुर रहमानले २२ रन खर्चेर ५ विकेट लिएको इनिङ्समा न्यूजिल्यान्डका कप्तान केन विलियमसनले सर्वाधिक ४२ रन जोडे ।

बंगलादेश यो हारसँगै बंगलादेश समूहका सबै खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्