मैत्रिपूर्ण खेलमा इङ्गल्याण्डले हरायो जर्मनीलाई • Image Khabar Image Khabar


मैत्रिपूर्ण खेलमा इङ्गल्याण्डले हरायो जर्मनीलाई


Imagekhabar
१४ चैत्र २०७२, आईतवार ०३:०४

मैत्रिपूर्ण खेलमा इङ्गल्याण्डले हरायो जर्मनीलाई

काठमाडौं, चैत १४ । मैत्रिपूर्ण फुटबल अन्तर्गत शनिबार राती भएको खेलमा इंग्लण्डले जर्मनीलाई ३-२ ले हराएको छ ।

जर्मनीको बर्लिनमा भएको खेलको ५७ मिनेटसम्म २-० ले पछि परेको इंग्लण्डले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

खेलको ४३ मौं मिनेटमा टोनी क्रुश र ५७ औं मिनेटमा मारियो गोमेजले गोल गर्दै जर्मनीलाई अग्रता दिएका थिए ।

तर ६१ औं मिनेटमा ह्यारी केन र ७४ औं मिनेटमा जेमी भार्डीले एक एक गोल गर्दै इंग्लण्डलाई बराबरीसम्म पुर्‍याए ।

इन्जुरी समयमा एरिक डायरले निर्णायक गोल गरेपछि इंग्लण्डले बर्लीनमा जर्मनीविरुद्ध सम्झनयोग्य जित हात पारेको हो ।

शनिबार राती भएका अन्य मैत्रिपुर्ण खेलहरुमा पोल्याण्डले फिनल्याण्डलाई ५-० ले हराँउदा रुसले लिथुआनियालाई ३-० ले तथा अष्ट्रियाले अल्बानियालाई २-१ ले हराए । हंगेरी र क्रोएशियाले १-१ गोलको बराबरी खेले ।

 

प्रतिक्रिया दिनुहोस्