१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


दलहरुवीच एकता नरहे संविधान खतरामा पर्छ : मन्त्री खरेल


0
Shares

विराटनगर, चैत १५ । कानुन मन्त्री अग्नी खरेलले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको विकल्प नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानुन मन्त्री खरेलले दलहरुवीच एकता नरहे संविधान नै खतरामा पर्न सक्ने बताए ।

उनले संक्रमणकालीन अवस्थाको अन्त्य भई नसकेको अवस्थामा दलहरुबीच राजनीतिक सहमतिबाटै मुलुकलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए ।

मन्त्री खरेलले संघीय संरचनामा मुलुक गएकाले दलहरुको एकता विना संविधान कार्यान्वय गर्नु चुनौतीपूर्ण हुने बताए ।

संविधान कार्यान्वयनका लागि अझै धरै कानुन निर्माण गर्नुपर्ने एवम् सिमांकनको विवाद कायम रहेकाले दलहरुबीचको एकता नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।