अष्ट्रेलियालाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाईनलमा • Image Khabar Image Khabar


अष्ट्रेलियालाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाईनलमा


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ०७:०५

अष्ट्रेलियालाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाईनलमा

काठमाडौं, चैत १५ । अष्ट्रेलियालाई हराउँदै आयोजक भारत विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोहालीमा आइतबार राती भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

भारतको जितमा विराट कोहलीको अविजित ८२ रन महत्वपूर्ण रह्यो । १ सय ६१ रनको चुनौती पछ्याउनेक्रममा भारतका लागि युवराज सिंहले २१ रन बनाए । अरु व्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् ।

यसअघि पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोड्यो । पाहुना टोलीका लागि आरोन फिन्चले सर्वाधिक ४३ रन बनाए ।

जितसँगै सेमीफाईनलमा पुगेको भारतले अब अन्तिम चारको भिडन्तमा वेष्ट इंडीजको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा न्यूजिल्याण्ड र इंग्लण्ड भिड्नेछन् ।

उता एशोसिएट राष्ट्र अफ्गानिस्तानले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ऐतिहासिक जीत हात पारेको छ । सुपर टेन चरणबाटै बाहिरिएको अप्mगानिस्तानले अन्तिम खेलमा हिजो वेष्ट इन्डिजलाई ६ रनले हराएको हो ।

प्रारम्भिक चरणको छनौट पार गर्दै सुपर टेनमा पुगेको एक मात्र एशोशिएट टोली अप्mगानिस्तानले एक सय २४ रनको सामान्य चुनौती पछ्याएको वेष्ट इन्डिजलाई ८ विकेटको क्षतिमा एक सय १७ रनमै रोकेको थियो । जीतसँगै अफ्गानिस्तानको लागि जारी विश्वकपमा सुखद विदाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्