काठमाडौंबाट भूकम्पको केन्द्रबिन्दू बारपाकसम्म ‘टुर दि बारपाक’ साइक्लिङ हुँदै • Image Khabar Image Khabar


काठमाडौंबाट भूकम्पको केन्द्रबिन्दू बारपाकसम्म ‘टुर दि बारपाक’ साइक्लिङ हुँदै


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ११:४१

काठमाडौंबाट भूकम्पको केन्द्रबिन्दू बारपाकसम्म ‘टुर दि बारपाक’ साइक्लिङ हुँदै

काठमाडौं, चैत १५ । रुपनिला युवा समाज नेपालले वैशाख १२ गते ‘टुर दि बारपाक’ साइक्लिङ प्रतियोगिता गर्ने भएको छ ।

समाजले काठमाडौंबाट गोरखाबजार हुँदै गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दू बारपाकसम्म ‘क्रस कन्ट्री माउन्टेन बाइकिङ एडभेन्चर’ आयोजना गर्न लागेको हो ।

भूकम्पपछि पहिलोपटक बारपाकमा प्रतियोगिता आयोजना गरी विश्वजगत्लाई ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा नेपालसहित अमेरिका, अष्ट्रेलियालगायत विभिन्न देशका खेलाडीले सहभागिता जनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्