१३औं सागको तयारी तत्काल थाल्न आग्रह, खेलाडीले बुझाए मन्त्रीलाई पाँच बुँदे सुझाव • Image Khabar Image Khabar


१३औं सागको तयारी तत्काल थाल्न आग्रह, खेलाडीले बुझाए मन्त्रीलाई पाँच बुँदे सुझाव


Imagekhabar
१५ चैत्र २०७२, सोमबार ११:४६

१३औं सागको तयारी तत्काल थाल्न आग्रह, खेलाडीले बुझाए मन्त्रीलाई पाँच बुँदे सुझाव

काठमाडौं, चैत १५ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलुकदमन्त्री सत्यनारायण मण्डललाई भेटेर १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी गर्नेसहितका पाँच बुँदे सुझावपत्र पेश गरेको छ ।

नेपाली खेलकुदजगत्को वर्तमान अवस्थाको मूल्यांकन गर्दै संघले सोमबार मन्त्रालयमा मन्त्री मण्डललाई सुझावपत्र बुझाएको हो ।

पत्रमा सरकारले नेपालमा हुने १३औं सागको तयारी तत्काल सुरु गर्नुपर्ने, भारतमा सम्पन्न १३औं सागका पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटोभन्दा छिटो खेलाडीलाई प्रदान गर्नुपर्ने सुझाव दिइएको छ ।

संघले पटक–पटक मिति तोक्दै स्थगित गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता छिट्टै गर्न मन्त्री मण्डलसँग माग गरेको छ ।

यस्तै, सागका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको मासिकभत्ता निरन्तर दिन पनि संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्