सार्वजनिक खरिद ऐनलाई व्यवसायीमैत्री बनाउन महासंघको माग • Image Khabar Image Khabar


सार्वजनिक खरिद ऐनलाई व्यवसायीमैत्री बनाउन महासंघको माग


Imagekhabar
१५ चैत्र २०७२, सोमबार १४:०७

सार्वजनिक खरिद ऐनलाई व्यवसायीमैत्री बनाउन महासंघको माग

काठमाडौं, चैत १५ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी नेपाली व्यवसायीमैत्री बनाउन माग गरेको छ ।

महासंघको १८औं साधारणसभा एवं एफक्यान एक्सिलेन्स् अवार्डको तयारीबारे जानकारी दिन सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक खरिद ऐन संशोधनको माग दोहोर्‍याएको हो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले निर्माण कार्यको अवधि एक वर्ष थप्न, भूकम्पबाट निर्माण व्यवसायीलाई भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिन पनि माग गरे ।

महासंघको १८औं साधारणसभा एवं एफक्यान एक्सिलन्स अवार्डको तयारी पूरा भएको जनाएको छ । महासंघको साधारणसभा चैत १७ र १८ गते चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्