काठमाडौंमा विज्ञान तथा प्रविधिसम्वन्धी सम्मेलन सुरु • Image Khabar Image Khabar


काठमाडौंमा विज्ञान तथा प्रविधिसम्वन्धी सम्मेलन सुरु


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार ०७:११

काठमाडौंमा विज्ञान तथा प्रविधिसम्वन्धी सम्मेलन सुरु

काठमाडौं, चैत १६ । विज्ञान तथा प्रविधिसम्वन्धी सम्मेलन आज काठमाडौंमा सुरु भएको छ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले गरेको सम्मेलनमा नेपालसहित विभिन्न १७ देशका वैज्ञानिक सहभागी छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत् गरिने कार्यक्रम छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणपछि मुलुकको चौतर्फी विकासका लागि मार्ग प्रशस्त भएको भन्दै विज्ञानको विकास विना मुलुकको विकास सम्भव नहुने बताए ।

प्रधानमन्त्री ओलीले विज्ञानको अधिकतम् प्रयोगबाट मुलुकको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्