आयोजक सशस्त्रको लगातार दोस्रो जित • Image Khabar Image Khabar


आयोजक सशस्त्रको लगातार दोस्रो जित


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार ११:५४

आयोजक सशस्त्रको लगातार दोस्रो जित

काठमाडौं, चैत १६ । सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको दोस्रो दिन मंगलबारका खेलमा आयोजक सशस्त्र प्रहरी र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ विजयी भएका छन् ।

हल्चोकमा जारी प्रतियोगितामा सशस्त्रले ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरलाई २५–११, २५–४ र २५–९ ले पराजित गर्‍यो ।

त्यस्तै, पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६, २५–७ र २५–१३ ले हरायो ।

योसँगै सशस्त्र लगातार दोस्रो जित हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । पहिलो दिन सशस्त्रले पश्चिमाञ्चललाई हराएको थियो ।

पहिलो दिन नेपाल पुलिस क्लब पनि विजयी भएको थियो ।

प्रतियोगितामा पाँच टोली सहभागी छन् । विजेताले साढे दुई लाख, उपविजेताले एक लाख २५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटर जित्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्