वैशाख १ देखि अवैध मोबाइल ब्लक, सक्कली हो/होइन कसरी थाहा पाउने ? (भिडियोसहित) • Image Khabar Image Khabar


वैशाख १ देखि अवैध मोबाइल ब्लक, सक्कली हो/होइन कसरी थाहा पाउने ? (भिडियोसहित)


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार १२:२०

वैशाख १ देखि अवैध मोबाइल ब्लक, सक्कली हो/होइन कसरी थाहा पाउने ? (भिडियोसहित)

भुवन भट्ट/मिलन भण्डारी
काठमाडौं, चैत १६ । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि अवैधरुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन ‘ब्लक’ गर्ने भएको छ ।

व्यक्तिगत् प्रयोजनका लागि विदेशबाट मोबाइल ल्याएर प्रयोग गरिरहेकाहरु आत्तिहाल्नु नपर्ने पनि प्राधिकरणले प्रस्ट पारेको छ ।

राष्ट्रिय उपकरण दर्ता पहिचान (एनइआइआर)को मुख्य उद्देश्य हराएको वा चोरिएको मोबाइल पत्ता लगाउने, ब्लक गर्ने, र अपराधिक क्रियाकलाप रोक्नु हो ।

जसबाट मोबाइल फोनको अवैध बजार कम गरी राजश्व त बढाउँछ नै त्यसमाथि विभिन्नखाले सुरक्षा अवस्थामाथिको खतरा न्यून गर्न पनि सघाउने निश्चित छ ।

प्राधिकरणले वैशाख १ गतेदेखि आइएमइआइ अर्थात् इन्टरनेसनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिटी नम्बर नभएका मोबाइल ब्लक गराउने तयारी गरेको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले जानकारी दिए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्