सीपीएन युएमएल प्रेसिडेन्ट फुटबलमा आयोजकलाई झड्का • Image Khabar Image Khabar


सीपीएन युएमएल प्रेसिडेन्ट फुटबलमा आयोजकलाई झड्का


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार १३:२३

सीपीएन युएमएल प्रेसिडेन्ट फुटबलमा आयोजकलाई झड्का

बुटवल, चैत १६ । प्रथम सीपीएन युएमएल प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता मंगलबारदेखि बुटवलमा सुरु भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी लुम्बिनी अञ्चल कमिटीको आयोजनामा सुरु भएको खेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले उद्घाटन गरे ।

पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ४–० ले हराउँदै खनाल ब्रदर्स रुपन्देहीले विजयी सुरुआत गरेको छ ।

प्रतियोगितामा खनाल ब्रदर्स, मदन भण्डारी स्पोर्टस् एकेडेमी, एपीएफ काठमाडौं, सुनौलो संगम युवा क्लब, चितनव–११, पश्चिमाञ्चल प्रहरी टिम बुटवल, सिम्रिक युवा क्लब, नवलपरासी–११, टेन्सबर्ग फर्साटिकर–११, क्यानडी ट्रिनटी क्लब स्याङ्जा र त्रिभुवन आर्मी क्लब काठमाडौंले सहभागिता जनाएका छन् ।

विजेताले ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेताले १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्