मंगलबार पनि नेप्से सच्चियो • Image Khabar Image Khabar


मंगलबार पनि नेप्से सच्चियो


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार १३:५१

मंगलबार पनि नेप्से सच्चियो

काठमाडौं, चैत १६ । मंगलबार पनि शेयर बजार परिसूचक नेप्से सामान्य अंकले सच्चिएको छ ।

यसदिन नेप्से करिब ५ अंक बराबरले घटेर १३ सय ७० मा कायम भयो । सोमबार पनि नेप्से साढे दुई अंकले झरेको थियो ।

यसदिन विकास बैंक र वित्तबाहेक अरु कारोबार भएका समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च २४ अंकले घट्यो । होटल समूह ९ अंकले घट्यो भने वाणिज्य बैंक समूह पनि ८ अंकले झर्‍यो । अन्य समूह भने स्थिर रह्यो ।

यसदिन कारोबार परिमाणमा पनि गिरावट आयो । १ सय २४ कम्पनीको १७ लाख २६ हजार बराबर कित्ता शेयर ५८ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्