विदेशी लगानी भित्र्याउन कानुन सुधार्न आवश्यक : निजी क्षेत्र • Image Khabar Image Khabar


विदेशी लगानी भित्र्याउन कानुन सुधार्न आवश्यक : निजी क्षेत्र


Imagekhabar
१६ चैत्र २०७२, मंगलवार १३:५२

विदेशी लगानी भित्र्याउन कानुन सुधार्न आवश्यक : निजी क्षेत्र

काठमाडौं, चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउन सफल भएको निजी क्षेत्रले जनाएको छ ।

चीनसँग भएका पारवहनलगायतका सम्झौता नेपालको हितमा रहेको र कार्यान्वयनका लागि पनि नेपालले नै अग्रसरता लिनुपर्ने निजी क्षेत्रको सुझाव छ ।

प्रधानमन्त्रीको चीन भ्रमणकाक्रममा चिनियाँ लगातीकर्ता नेपालमा लगानी गर्न सकारात्मक देखिएका भ्रमणमा सहभागी उद्योगी बताउँछन् ।

तर, विदेशी लगानी भित्र्याउन नेपालको नियम–कानुनमा सुधार आवश्यक रहेको र चिनियाँ लगानीकर्ताले पनि नियम कानुनमा नै बढी चासो राखेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मंगलबार हामीसँग बताए ।

चिनियाँ लगानीकर्तासँगको छलफलमा उनीहरुले नेपालमा गरेको लगानीको सुरक्षामा नै बढी चासो देखाएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

चीनसँगको पारवहन सम्झौताले वैदेशिक व्यापारका लागि वैकल्पिक मार्ग प्राप्त गरेको भन्दै निजी क्षेत्रले कार्यान्वयनका लागि पनि नेपाल नै तात्नुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले तत्कालका लागिभन्दा दीर्घकालका लागि अवसर खोजेको र त्यसमा सफल भएको निजी क्षेत्रको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्