पुनःनिर्माण ढिलाइ भएको भन्दै प्रदर्शन • Image Khabar Image Khabar


पुनःनिर्माण ढिलाइ भएको भन्दै प्रदर्शन


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १३:३८

पुनःनिर्माण ढिलाइ भएको भन्दै प्रदर्शन

काठमाडौं, चैत १७ । भूकम्प गएको वर्ष बित्नै लाग्दासमेत पुनःनिर्माणको गति अतिसुस्त भएको भन्दै राजधानीमा प्रदर्शन गरिएको छ ।

विवेकशील नेपाली दलले ‘पुनःनिर्माण कहाँ पुग्यो सरकार ?’ भन्दै बुधबारदेखि दबाबमूलक अभियान सन्चालन गरेको हो ।

विनाशकारी भूकम्प गएको वर्ष दिन पुग्न लाग्दासमेत सरकारले पुनःनिर्माण कार्यलाई तीव्रता नदिएको भन्दै सरकारमाथि दबाब अभियान सन्चालन गरेको दलले जनाएको छ ।

विवेकशील नेपाली दलका अभियन्ता शशिविक्रम कार्कीले पुनःनिर्माणकार्यको सुरुआत नभएसम्म दबाबमूलक अभियान जारी राख्ने जानकारी दिए ।

दलले सामाजिक सन्जालसहित सडकबाट खबरदारी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्