पोखराकप फुटबल चैत ३० देखि, विजेतालाई ५ लाख • Image Khabar Image Khabar


पोखराकप फुटबल चैत ३० देखि, विजेतालाई ५ लाख


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार ०९:०५

पोखराकप फुटबल चैत ३० देखि, विजेतालाई ५ लाख

पोखरा, चैत १८ । यही चैत ३० गतेबाट पोखरामा मनकामना केबुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक एन्फा कास्कीले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

वैशाख ११ गतेसम्म पोखरा रंगशालामा सन्चालन हुने प्रतियोगितामा सहभागी हुने नेपाली टिमको टुंगो लागिसकेको छ भने बंगलादेशी र भारतीय टिमको भने टुंगो लाग्न बाँकी छ ।

एन्फा कास्कीका अध्यक्ष धरमसिंह लामिछानेकाअनुसार प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, झापा–११, धरान, सिमरा, रुपन्देही–११ र आयोजकको टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ र उपविजेताले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्