नेपालगन्ज गोल्डकप फुटबल हुने, विजेतालाई डेढ लाख • Image Khabar Image Khabar


नेपालगन्ज गोल्डकप फुटबल हुने, विजेतालाई डेढ लाख


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार १३:२८

नेपालगन्ज गोल्डकप फुटबल हुने, विजेतालाई डेढ लाख

काठमाडौं, चैत १८ । बाँके जिल्ला फुटबल संघले आगामी वैशाख ११ गतेदेखि नेपालगन्जमा प्रथम नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

वैशाख ११ देखि २१ गतेसम्म सन्चालन हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउँदै छन् । विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख ५१ हजार रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजन यति सिमेन्टले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्