सुनको मूल्य फेरि घट्यो • Image Khabar Image Khabar


सुनको मूल्य फेरि घट्यो


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार १३:५८

सुनको मूल्य फेरि घट्यो

काठमाडौं, चैत १८ । विहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेर ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ३ सय रुपैयाँले उकालो लागेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबर चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ३६ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्