प्रथम अन्तर्राष्ट्रिय महिला व्यापार मेला राजधानीमा सुरु, राष्ट्रपतिद्धारा उद्घाटन • Image Khabar Image Khabar


प्रथम अन्तर्राष्ट्रिय महिला व्यापार मेला राजधानीमा सुरु, राष्ट्रपतिद्धारा उद्घाटन


Imagekhabar
१९ चैत्र २०७२, शुक्रबार ०८:३६

प्रथम अन्तर्राष्ट्रिय महिला व्यापार मेला राजधानीमा सुरु, राष्ट्रपतिद्धारा उद्घाटन

काठमाडौं, चैत १९ । प्रथम अन्तर्राष्ट्रिय महिला व्यापार मेला शुक्रबारदेखि राजधानीमा सुरु भएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले राजधानीको टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबमा तीन दिनसम्म चल्ने मेलाको उद्घाटन गरेकी हुन् ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले महिलाको श्रमको न्यायोचित कदर हुन नसकेको भन्दै महिला उद्यमीहरुको क्रियाशीलताको प्रशंसा गरिन् ।

उनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि  आवश्यक सहुलियत प्रदान गर्न सरकारलाई आग्रह पनि गरिन् ।

महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको व्यापार मेलामा महिला उद्यमीका ५० भन्दा बढी स्टलहरु राखिएका छन् ।

ती स्टलहरुमा महिलाहरुले बनाएका लुगा, गरगहना, अर्गानिक चिया, कफी, महलगायत घरेलु प्रयोगका समानहरु राखिएका छन् ।

व्यापार मेलामा भारत, बंगलादेश, भुटान, म्यानमारका महिला उद्यमीहरुको पनि सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्