राष्ट्रिय फुलकन्ट्याक्ट कराँतेमा ९० खेलाडी • Image Khabar Image Khabar


राष्ट्रिय फुलकन्ट्याक्ट कराँतेमा ९० खेलाडी


Imagekhabar
१९ चैत्र २०७२, शुक्रबार १३:२४

राष्ट्रिय फुलकन्ट्याक्ट कराँतेमा ९० खेलाडी

काठमाडौं, चैत १९ । नेपाल क्योकुसिन कराँते–डो संघले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत् राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संघले यही चैत २६ र २७ गते काठमाडौंमा १४औं राष्ट्रिय पुरुष तौल समूह तथा १३औं राष्ट्रिय महिला खुला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ६० केजी र ६० केजीमाथि गरी कुल तीन विधा तथा महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालास्थित कभर्डहलमा सन्चालन हुने दुईदिने प्रतियोगितामा पाँचै विकास क्षेत्रबाट ६० पुरुष र ३० महिला गरी कुल ९० खेलाडीले सहभागिता जनाउने जनाइएको छ ।

प्रतियोगितामा सबै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ पुरुस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्