‘सबैका लागि टेबलटेनिस’ अभियानको थालनी, महत्वकांक्षी परियोजना पनि सुरु • Image Khabar Image Khabar


‘सबैका लागि टेबलटेनिस’ अभियानको थालनी, महत्वकांक्षी परियोजना पनि सुरु


Imagekhabar
२४ चैत्र २०७२, बुधबार ०९:३५

‘सबैका लागि टेबलटेनिस’ अभियानको थालनी, महत्वकांक्षी परियोजना पनि सुरु

काठमाडौं, चैत २४ । विश्व टेबलटेनिस महासंघले बुधबार नेपालबाट ‘सबैका लागि टेबलटेनिस’ अभियानको थालनी गरेको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघका अध्यक्ष थोमस विकर्टले बुधबार काठमाडौंमा यो अभियानको शुभारम्भ गरेका हुन् ।

विश्व टेबलटेनिस महासंघले हरेक वर्ष अप्रिल ६ तारिखलाई सबैका लागि टेबलटेनिस दिवसकोरुपमा मनाउन थालेको हो । यसक्रममा यो वर्षको मुख्य कार्यक्रम भने काठमाडौंमा आयोजना गरियो ।

नेपालमा टेबलटेनिस खेलको दिगो विकासको लक्ष्यसहित बुधबारैबाट ‘टेबलटेनिस फर नेप–अल’ नामक महत्वकांक्षी परियोजना पनि सुरु गरिएको छ ।

शारीरिक अपांगता भएका खेलाडीहरुसम्म यो खेल पुर्‍याउने लक्ष्यकासाथ सुरु गरिएको अभियानको शुभारम्भ जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्थापना गरिएको जोरपाटी ट्रेनिङ सेन्टरमा गरियो ।

अखिल नेपाल टेबलटेनिस संघ तथा राष्ट्रिय पारा टेबलटेनिस संघले संयुक्तरुपमा सन्चालन गर्ने यो परियोजनाको लागि विश्व टेबलटेनिस महासंघले १ लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ ।

अशक्त नेपाली बालबालिकालाई टेबलटेनिस खेलसम्बन्धी तालिम दिन भन्दै अभियान सुरु गरिएको आयोजक संघले जनाएको छ ।

तीन वर्षे अभियान काठमाडौंसहित विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमासमेत एकसाथ सन्चालन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्