
राजाराम गौतम
काभ्रे, चैत २५ । एक दशकअघि निर्माण भएको नेपालको एकमात्र सूचना–प्रविधि पार्क भर्खरै सन्चालनमा आएको छ ।
निर्माण भएको एक दशकपछि काभ्रेमा रहेको बहुप्रतिक्षित सूचना–प्रविधि पार्क सन्चालनका लागि सरकार र निजी क्षेत्रबीच सम्झौता भएको छ ।
सूचना–प्रविधिको विकासका लागि महत्वपूर्ण मानिएको आइटी पार्क सन्चालनको लागि काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन प्रालि र क्लाउड हिमालय प्रालिसँग सरकारले सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
हस्ताक्षर भएसँगै अब आइटी पार्कभित्रबाट काठमाडौं विश्वविद्यालयले सूचना–प्रविधिसम्बन्धी उद्यमी विकास तालिम, उच्चस्तरको प्राविधिक तालिम र खोज तथा अनुसन्धानको काम गर्नेछ भने क्लाउड हिमालयले डाटा सेन्टर र सफ्टेकले सफ्टवेयर उत्पादन तथा आउटसोर्सिङको काम गर्ने छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्