
पोखरा, बैशाख ४ । अघिल्लो वर्षको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब पोखरामा जारी पाँचौ मनकामना केबलकार पोखरा कप फुटबलकोे सेमिफाईनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।
एपिएफका लागि दुबै गोल रञ्जन विष्टले गरे । प्रतियोगितामा भोली मनाङमस्र्याङदी र झापा ११ बीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्