३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बन्द, हड्ताल नगर्न चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको उर्दी


0
Shares

काठमाडौं, असार २८ । स्वास्थ्य मन्त्रालयले बन्द, हड्ताल नगर्न चिकित्सकलाई सचेत गराएको छ ।

मन्त्रालयले बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै कुनैपनि किसिमको बन्द, हड्ताल, घेराउ र प्रदर्शन नगर्न/नगराउन आदेश दिएको हो ।

मन्त्रालयले वर्षायाममा सरुवा तथा संक्रामक रोग बढ्ने भन्दै कुनै चिकित्सकलाई पनि बिदामा नबस्न जारी गरेको निर्देशनात्मक आदेश देशभरका सबै स्वास्थ्य संस्थामा पढाएको छ ।

प्राकृतिक प्रकोप, बाढी–पहिरो, सरुवा तथा संक्रामक रोगले प्रभावित हुने हुँदा देशभरका सबै स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मीलाई नियमितरुपमा काम गर्न, बिदामा नबस्न, बिनाजानकारी अनुपस्थित नहुन निर्देशन दिइएको हो ।

मन्त्रालयको निर्देशन नमानेर बिदामा बस्ने र बन्द, हड्तालमा उत्रने स्वास्थ्यकर्मीलाई कारबाही हुने चेतावनी पनि दिइएको छ ।

जुम्लामा अनशनरत् प्रा. डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै  चिकित्सकहरु आन्दोलनमा उत्रने तयारीमा रहेका बेला मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

डा. केसीको जीवनरक्षाको माग गर्दै आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरुले दिँदै आएका छन् ।