Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


‘हिमालयन टाइगर’ कतारमा


0
Shares

कतार, वैशाख २८ । विश्वमा नै चर्चित रहेको रेस्लिङ खेललाई अन्तर्राष्ट्रियजगत्मा नेपाललाई चिनाउन हिमालयन टाइगरका नामले चिनिने भरतबहादुर विसुराल यतिखेर कतारमा रहेका छन् ।

नेपाल सरकारको पर्यटन बोर्डबाट पर्यटन सद्भावनादूतसमेत रहेका टाइगरले भूकम्पपछि नेपालको पर्यटकीय क्षेत्रमा परेको प्रभावलाई सकारात्मक सन्देश दिँदै विदेशीलाई नेपाल घुम्नका निम्ति आह्वानसमेत गरेका छन् ।

धरहरा बनाउने अभियानमा संसारभर रहेका नेपालीको लगानीमा निर्माण गर्न सबैलाई आग्रह गर्दै नेपाली रेस्लिङ खेलाडी संलग्न रहने गरी कतारमा पनि रेस्लिङ खेल खेल्न सकिने सम्भाव्यता अध्ययनका लागि आफू कतार आएको विसुरालले बताए ।

नेपाली राजदूतावास, एनआरएनए प्रतिनिधि, व्यवसायी, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारबीच भेटघाटमा उनी व्यस्त रहेका छन् ।

कतारसहित हालसम्म विश्वका ४४ भन्दा बढी मुलुक भ्रमण गरी आफ्नो खेल प्रस्तुत गरिसकेका विसुरालले लमजुङ सेवा समाज कतारको आयोजनामा यहाँ रहेका विभिन्न संघ–संस्थासँगको अन्तरक्रिया कार्यक्रममा पनि सहभागी थिए । रासस

Skip This