
भक्तपुर, असार २८ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७, मझुवा–बागेहिटीमा ढिस्कोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
बुधबार राति परेको अविरल वर्षापछि भेलसहित खसेको ढिस्कोले टहरा पुरिँदा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको हो ।
उनीहरु भूकम्पपीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो नै ढिस्कोले पुरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्