Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


लेस्टर सिटीको उपाधिसहित शानदार समाप्ति, यस्तो छ अन्य नतिजा


0
Shares

काठमाडौं, बैशाख ३ । इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लेस्टर सिटीले उपाधिसहित शानदार समाप्ति गरेको छ ।

गत सिजनमा रेलिगेशनबाट बच्न संघर्ष गरेको लेस्टरले यो सिजनको अन्तिम खेलमा चेल्सीलाई १–१ गोलको बराबरीमा रोक्दै शानदार समापन गरेको हो । लेस्टरले यसअघि नै उपाधि रक्षा गरिसकेको थियो ।

यो सिजनको दोस्रो स्थानको होडमा भने आर्सनलले बाजी मारेको छ । आर्सनलले सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गर्दै ७१ अंकका साथ दोस्रो स्थान ओगटेको हो ।

गएराती भएको खेलमा न्यकासल युनाइटेडसँग ५–१ ले पराजित भएको टोटनह्याम हट्सपर तेस्रो स्थानमा झर्‍यो । उता म्यान्चेस्टर सिटीले चौथो स्थानमा रहने संभावना बलियो पारेको छ ।

छैटौं स्थानको म्यान्चेस्टर युनाईटेड र बर्नमाउथविचको खेल स्थगित भएपछि च्याम्पियन्स लिग पुग्ने अन्तिम टोलीको टुंगो लाग्न भने बाँकी छ ।

म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा आइतबार खेल हुनुपुर्व शंकास्पद वस्तु देखिएपछि खेल स्थगित गरिएको थियो ।

पछि बम डिस्पोजल टोलीले उक्त वस्तु विष्फोटक पदार्थसम्बन्धी तालिममा प्रयोग हुने एउटा औजार भएको प्रमाणित गरेको थियो

प्रिमियर लिग अन्तर्गत आइतबार राती भएका अन्य खेलहरुमा स्वान्सी सिटीले म्यानचेष्टर सिटीलाई १–१ को बराबरीमा रोक्दा वाटफोर्ड र सन्डरल्याण्डले पनि २–२ गोलको बराबरी खेले ।

यस्तै, नर्विच सिटीलाई एर्भटनले ३–० ले पराजित गर्दा साउथह्याम्टनले क्रिस्टल प्यालेसलाई ४–१ ले पराजित गर्‍यो ।

यसैगरी, स्टोक सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गर्‍यो भने वेष्ट ब्रोम र लिभरपुलले १–१ गोलको बराबरी खेले ।

जारी सिजनको प्रिमियर लिग उपाधि लेष्टर सिटीले जित्दा न्यूकासल युनाईटेड, नर्विच सिटी र एस्टन भिल्ला रेलिगेसनमा परेका छन् ।