१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


पाल्पामा बस दुर्घटना, १६ जना घाइते


0
Shares

पाल्पा, असार २८ । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटो दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो । (रासस)